२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुर्गा प्रसाईं लगायतको आदेशमा ढिलाइ भएपछि जिल्ला अदालत परिसरमा नाराबाजी सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

काठमाडौँ।  चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक भएपछि  पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सकिएसँगै काठमाडौँ जिल्ला अदालतबाट आजै आदेश आउने भनिएको छ। तर, आदेशमा ढिलाइ भएपछि अदालत परिसरमा नाराबाजीको स्थिति देखिएको छ।

न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा रहेका बेला, प्रतिवादीहरू अदालतको इजलासबाहिर बसिरहेका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईँ समर्थकहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

अदालत परिसरमा उपस्थित प्रहरी प्रशासनले माइकमार्फत संयमित रहन आग्रह गरेको छ ।

तीनकुने घटनालाई लिएर सार्वजनिक चासो बढिरहेका बेला अदालतको आदेश के आउँछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]