१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सशस्त्र प्रहरीले भन्सार चेकजाँचको क्रममा श्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

पर्सा । वीरगन्ज महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

नियन्त्रणमा लिईएका मध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाईकलमा सवार राहुलकुमार तिवारीको साथमा १३ लाख रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाईकलमा सवार कौशल कुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो ।

बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ वटा र पाँच दरको १ हजार ४ सय ३६ नोट रहेको छ । रकमको प्रयोजन खुलेको छैन ।

उनीहरूलाई थप कारवाहीका निम्ति सशस्त्रले भन्सार कार्यालयलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!