०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

शनिबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

मेष -दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। वैदेशिक सम्पर्क वा कागजी काममा सफलता मिल्न सक्छ। तर आक्रोशमा काम बिगार्ने सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो। सवारीसाधन चलाउँदा सजग रहनुहोस्।

वृष-बृहस्पति अस्तको प्रभावले गुरुजन, अभिभावक वा वरिष्ठसँग मतभेद देखिन सक्छ। तर घर–परिवारमा आपसी समझदारी बढ्नेछ। फाटेका सम्बन्धहरू सुधार्ने अवसर पाउनुहुनेछ। धार्मिक वा दान पुण्य कार्यमा मन जानेछ ।

मिथुन-व्यापारिक यात्रामा सफलता मिल्ने सम्भावना बलियो छ। संचार, लेखन वा अनलाइन काममा उत्साहजनक प्रगति हुनेछ। यद्यपि खर्च बढ्न सक्छ, विवेकपूर्वक आर्थिक निर्णय गर्नुहोला।

कर्कट-काममा दवाब, घरमा उल्झन — मनले बिथोलिएजस्तो लाग्न सक्छ। अंगारक योगको प्रभावले अनावश्यक तनाव बढ्न सक्छ, ध्यान वा मौन अभ्यास उपयुक्त हुन्छ। साझतिर स्थिति सहज बन्नेछ।

सिंह-मंगल–केतुको अंगारक योग तपाईंको राशिमा भएकाले क्रोध, जिद्दी र विवादबाट टाढा रहनु आवश्यक छ। आत्मनिरीक्षणको समय हो। परिश्रम गर्दा सफलता पक्कै मिल्नेछ, तर हतार नगर्नुहोस्।

कन्या-विवादमा तानिने सम्भावना देखिन्छ, विशेषतः गुप्त शत्रु र छिपिएका समस्याहरू। नयाँ योजना तयार पार्न मन लाग्नेछ, तर तत्काल कार्यान्वयन नगर्नुहोस्। योग, साधना वा ध्यान उपयुक्त हुनेछ।

तुला-सहयोगी वा साथीहरूसँग सहकार्य बढ्नेछ। सामाजिक कार्य वा मञ्चमा बोल्न पाउनुहोला। मनोबल बढाउने समाचार पनि पाइने सम्भावना। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

वृश्चिक-पेसागत जीवनमा चिन्ताजनक स्थिति आउन सक्छ। उच्चपदस्थ वा सरकारी काममा ढिलाइ हुन सक्छ। आत्मविश्वास कम हुँदा निर्णय चुक हुनसक्छ। संयमता अपनाउनु होला।

धनु-बाह्य यात्रा वा धार्मिक यात्राको सम्भावना प्रबल छ। गुरु ग्रह अस्त भए पनि शुभ कर्ममा लागेको ऊर्जा राम्रो फल दिनेछ। अध्ययन, लेखन र प्रशिक्षणका लागि दिन राम्रो।

मकर-दैनिक जीवनमा गहिरो भावनात्मक परिवर्तन देखिन सक्छ। मृत्युभाव, ऋण वा स्वास्थ्यसम्बन्धी विषयमा सजग रहनुहोस्। तर, यसै समयमा अध्यात्म र गम्भीर चिन्तनमा पनि चासो बढ्नेछ।

कुम्भ-पार्टनर वा जीवनसाथीसँग सम्बन्ध प्रगाढ बन्नेछ। यद्यपि शनि वक्री भएकाले निर्णय ढिलो हुन सक्छ। सन्तुलन कायम राख्न सक्नुभयो भने आजकाे दिन दीर्घकालीन लाभदायी बन्नेछ।

मीन-स्वास्थ्यमा सुधार आउनेछ। छोटो दूरीको यात्रा सफल हुनेछ। दैनिकीमा चंचलता आउन सक्छ, तर ऊर्जा र क्षमताको उपयोग गरेमा ठूला लक्ष्य तय गर्न सकिनेछ। नयाँ सहयोगी पाइने छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!