०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

गुरुकुल एकाडेले दाङको तुलसीपुरमा ‘दुःखी राजकुमारी’ नाटक प्रदर्शन,

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा रहेको गुरुकुल एकाडेमी तुलसीपुरका आज विद्यार्थीहरूले नाटक प्रदर्शन गरेका छन् । शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकाडेमीका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् ।
विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका १८ जना विद्यार्थीहरूले ‘दुःखी राजकुमारी’ शीर्षकको नाटक प्रदर्शन गरेका हुन् । नाटकमा मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने कुरा दर्शाएको थियो । मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने भएकाले खुसी आफुभित्र खोज्न प्रेरीत गरिएकोे थियो । हरेक मानिसको जिवनमा आइपर्ने समस्या कसरी समाधान गर्ने भन्ने जीवनोपयोगी शिक्षा प्रदान गरिएको छ ।

नाटकमा गुरुकुल एकाडेमीमा अध्ययनरत पुर्ण बहादुरको सारङ्गी चलचित्रका बालकलाकार स्वयं केसीको पनि सहभागिता थियो । गुरुकुल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले विद्यालयले शिक्षासंगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि अभिनय कक्षा सुरु गरेको बताउनुभयो । रेडियो क्लव, तेक्वान्दो क्लव, डान्स क्लव, संगीत क्लब जस्तै विद्यालयमा जेठ महिनादेखि अभिनय कक्षा पनि सञ्चालन गरेको जानकारी दिनुभयो ।
उहाँले जीवन नै अभिनय हो भन्ने उदेश्यका साथ अभिनय कक्षा सञ्चालन गरेको बताउनुभयो । अभिनयले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रस्तुतिकरणमा निखारता ल्याउन ठूलो सहयोग पुग्ने उहाँले भनाई छ ।

अभिभावक भूपेन्द्र सुनार (नेपुन) ले बालबालिकाहरूको अभिनय राम्रो लागेको बताउनुभयो । छोराछोरीहरूलाई स्टेजमा आत्मविश्वासका साथ प्रस्तुत भएको देख्दा निकै खुसी लागेको उहाँको भनाई छ । यो नाटकले बालबालिकाहरु अभिभावकहरुको सही मार्गदर्शन र साथ पाएमा धेरै अगाडि जान सक्छन् भन्ने कुरा थाहा पाएको बताउनुभयो ।

गुरुकुल एकाडेमीले विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा मात्रै नभएर नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको प्रधानाध्यापक गिरीले बताउनुभयो । नाटकको प्रमुख प्रशिक्षकमा नाटक लेखक तथा निर्देशक प्रणव आकाश रहनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!