०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अत्यधिक गर्मीका कारण असार १ गतेदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ ३१, २०८२

पर्सा । वीरगञ्ज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मोन्टेश्वरी र पूर्व प्राथमिक तहसमेत) अत्यधिक गर्मीका कारण मिति २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द गरिएका छन्।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको सूचना सार्वजनिक गरेको हो। विदा वर्षे सट्टे विदाबाट मिलान गरिने जनाएको छ।

सूचनामा विद्यालय प्रशासन भने नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ। बन्दको अवधिमा विद्यालयको प्रशासनिक कार्य सन्चालनमा कुनै अवरोध नआउने गरी व्यवस्थापन गर्न भनिएको छ।

उक्त सूचना प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेका हुन्। सूचना वीरगञ्ज महानगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला निकायहरूलाई बोधार्थ पठाइएको छ।

महानगरपालिकाले सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सहजीकरणका लागि समयमै जानकारी लिन र आवश्यक तयारी गर्न अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!