१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

भारतको केदारनाथ धाममा बिहान् भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०१, २०८२

 

काठमाडौं । भारत केदारनाथ धाम गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।  जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।

शवहरू नराम्ररी जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।

यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो ।  पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको ढाडमा चोट लागेको थियो। हेलिकप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!