०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४ नेपालीहरु जेलमा तथ्यांक

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०१, २०८२

 

काठमाडौं । साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेल परेका हुन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् ।

साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा  हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका  श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार  अनुसार ५ सय ४४ जना नेपाली विभिन्न कारणले  जेलमा रहेको बताए ।

उनका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ८४  जना लागु‍औषध ओसारपसार , ५३  जना  चोरी  मुद्दामा,बेश्यावृतीमा १२  जना , तोडफोडमा १६  जना, घुसखोरीमा १५ जना ,हत्यामा ४ जना, नियम उल्लङ्घनमा ७  जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा १६  जना  जना जेल परेको बताए। जसमध्ये ३ सय ४१   जनालाई आधिकारिक रुपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३  जनाको फैसला आउन बाँकी रहेको छ ।

नेपाली राजदूत डा. नरेश बिक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा परेर जेल चलान भएकोमा  दुःख व्यक्त गर्दै  यस्तो दुर्घटनाबाट बच्न नेपाली कामदार  स्वयं  सजक रहनुपर्ने बताए । साथै साउदीको नियम कानुन विपरित कार्य गर्दा  भोग्नुपर्ने सजाय र समस्याप्रति सबैलाई  सजग बनाउन नेपाली समुदायलाई आग्रह समेत गरेका छन्  ।

नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हाल सम्म ३८ सय भन्दा बढि एक्जिट भिसा प्राप्त गरी सकेका छन्। दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै, समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, दूतावासले साउदी अरबको कानुन र नियमहरूको पालना गर्न,मर्यादा र शिष्टाचारमा रही काम गर्न, र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव समेत  दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!