०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

बिश्व रक्तदाताको अवसरमा नेपालगन्ज होटल ओम स्वस्तिक परिवारद्वारा रक्तदान कार्यक्रम

Logo
सागर थापा प्रकाशित आइतबार, आषाढ ०१, २०८२

बाँके । नेपालगन्ज होटल ओम बस्वस्तिक प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्युरोडमा रहेको होटल ओम स्वस्तिक प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मानव जीवन रक्षा र रगत अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारी र अन्जु भण्डारी होटल (म्यानेजर) नरेन्द्र कुमार दसौदी भावना सुनार गङ्गा बिक मुनाल रसाइली लगायत दर्जनौं ब्यक्तीहरुले रक्तदानमा सहभागि भएको होटल ओम स्वस्तिक नेपालगन्जले जनाएको छ ।

प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँके नेपालगन्जले बिश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारीले रक्तदान गरेकाहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

समुदायको हितमा सदैव उत्तरदायी रहेको र यसै सिलसिलामा रक्तदान सामाजिक क्रियाकलापलाई निरन्तरता दिइने प्रतिवद्धता समेत उनले व्यक्त गर्दै रक्तदान कार्यक्रममा सहभागीलाई धन्यवाद दिनुभएको होटल ओम स्वस्तिकका (म्यानेजर) नरेन्द्र कुमार दसौदीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!