१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बिश्व रक्तदाताको अवसरमा नेपालगन्ज होटल ओम स्वस्तिक परिवारद्वारा रक्तदान कार्यक्रम

Logo
सागर थापा प्रकाशित आइतबार, आषाढ ०१, २०८२

बाँके । नेपालगन्ज होटल ओम बस्वस्तिक प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्युरोडमा रहेको होटल ओम स्वस्तिक प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मानव जीवन रक्षा र रगत अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारी र अन्जु भण्डारी होटल (म्यानेजर) नरेन्द्र कुमार दसौदी भावना सुनार गङ्गा बिक मुनाल रसाइली लगायत दर्जनौं ब्यक्तीहरुले रक्तदानमा सहभागि भएको होटल ओम स्वस्तिक नेपालगन्जले जनाएको छ ।

प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँके नेपालगन्जले बिश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारीले रक्तदान गरेकाहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

समुदायको हितमा सदैव उत्तरदायी रहेको र यसै सिलसिलामा रक्तदान सामाजिक क्रियाकलापलाई निरन्तरता दिइने प्रतिवद्धता समेत उनले व्यक्त गर्दै रक्तदान कार्यक्रममा सहभागीलाई धन्यवाद दिनुभएको होटल ओम स्वस्तिकका (म्यानेजर) नरेन्द्र कुमार दसौदीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!