०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

बेलायती नौसेनाको फाइटर जेट एफ–३५ ले भारतमा आकस्मिक अवतरण गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०१, २०८२

काठमाडौं । भारत विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो ।

विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ ।

भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि विमान पुनः उड्ने बताइएको छ । घटनाबारे अरू धेरै जानकारी आउन बाँकी छ । विमानले शनिबार राति ९ः३० बजेतिर सुरक्षित अवतरण गरेको विमानस्थलका अधिकारीले भनेका छन् ।

विमान बेलायतको क्यारियर स्ट्राइक ग्रुपको सहायक कम्पनी एचएमएस प्रिन्स अफ वेल्सको थियो । यही हप्ता भारतीय जलसेना र बेलायतको क्यारियर स्ट्राइक ग्रुपले पश्चिम अरब सागरमा संयुक्त अभ्यास गरेका थिए ।

तिरुवनंतपुरम केरलामा रहेको चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!