२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं युवा समाजसेवि सविन प्रियासनको उपन्यास (कडी) विमोचन

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०१, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको उपन्यास ‘कडी’ विमोचन गरिएको छ । वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, सामाजिक विषयसँगै घोराहीको विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास ‘कडी’ को शनिवार विमोचन गरिएको हो ।

पत्रकार तथा साहित्यकार प्रियासनको यो ११औँ उपन्यास तथा १३औँ साहित्यिक कृति हो । ‘कडी’ उपन्यासले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, राजनीतिक, सामाजिक विषयसँगै दाङको घोराही क्षेत्रलाई साहित्यका माध्यमबाट चित्रण गरिएको उपन्यासका लेखक प्रियासनले बताए ।

प्रियासनका रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, एयरहोस्टेजलगायतका उपन्यास प्रकाशित छन् । उपन्यास ‘कडी’ को विमोचन वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालगायतका अतिथिले विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि शर्माले उपन्यासले उठाएका विषयवस्तुको प्रशंसा गर्दै समाज रुपान्तरणका लागि राजनीतिक नेतृत्व गम्भीर हुनु पर्ने बताए । कृतिले घोराहीको भौगोलिक र सामाजिक परिवेशलाई केन्द्रमा राखेर सिर्जना गरिएको भन्दै नेपाली साहित्य, भाषाको विकाससँगै समाजको विकासका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

साहित्यका माध्यमबाट सामाज परिवर्तनका लागि खवरदारी आवश्यक रहेको भन्दै प्रमुख अतिथि शर्माले भने,‘साहित्य परिवर्तनका पक्षमा लेखिनुपर्छ । जनताका आवाजलाई बोल्नुपर्छ, त्यसको अर्थ रहन्छ ।’ कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यास अत्यन्त सरल भाषाशैली र विषयवस्तुलाई गम्भीर रूपमा चित्रण गरेको बताएका थिए ।

सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षमा भएको उपन्यास बिमोचन कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेकपा दाङका जिल्ला इन्चार्ज सविन सी, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]