१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्वर बहादुर विकद्वारा नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०१, २०८२

कैलाली । धनगढी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.क. ज्यूले नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो ।

निरीक्षण भ्रमणको क्रममा स्कुलका समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा बिद्यार्थीहरुको सर्वाङ्गिण बिकास र यस स्कुलको मुलभूत उद्देश्य रहेको कुरा उल्लेख गर्दै उनीहरुको रेखदेख, व्यवस्थापन तथा सुरक्षामा कुनै कसर वाँकी नराखी दत्तचित्त भएर लागी पर्न र बिद्यार्थीहरुको शान्त र शौहाद्रपुर्ण पारिवारिक वातावरणमा अध्ययन गर्न पाउने अधिकारको शुनिश्चितता गर्न समेत निर्देशन दिनुभयो ।

निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख ज्यूले बिद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सोहार्दपुर्ण वातावरणमा अध्यापन गराउन अनुरोध गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!