२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीले इलामबाट साढे ३२ लाख रुपैयाँ चाँदी र सुनको जलप लगाएको गहनासहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

इलाम । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा १७ किलो चार सय ग्राम चाँदी र पाँच किलो सुनको जलप लगाएको गहना र मालासहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]