इलाम । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा १७ किलो चार सय ग्राम चाँदी र पाँच किलो सुनको जलप लगाएको गहना र मालासहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।