०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

मकवानपुर प्रहरीले लागूऔषध तथा हातहतियार खरखजना सहित १ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

हेटौंडा । मकवानपुर राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठा भित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा 7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र ऐ.को गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र ला.औ.गाँजा २२ किलो ८०० ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा हातहतियार बरामद गरी निज राजु स्याङ्तानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई थप अनुन्धान कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!