०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

जिल्ला प्रहरी परिसर काठमाडौंले सिलिन्डर भित्र क्याप्सुल ट्रामाडोल सहित २ जना कुलेश्वरबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

काठमाडौँ । कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका थिए । लागुऔषध ओसारपसारमा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मिना मगरलाई प्रहरीले पक्राउ गरेको छ । राजु मिजार विरुद्ध यसअघि पनि ३ पटक लागुऔषध सम्बन्धी कसुरमा मुद्दा चलेको प्रहरीको अभिलेखबाट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!