०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

दाङ प्रहरीले अवैध हातहतियारसहित एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

दाङ । दाङमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन् । बङ्लाचुली गाउँपालिका–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ति मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ गरेको हो । रावतको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिए ।

पक्राउ परेका रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको शाहले जानकारी दिए । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!