२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

संचारकर्मी दिलभूषण पाठकविरूद्ध जारी भएको साइबर ब्यूरोको पक्राउ पुर्जीबारेको सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

काठमाडौं । पाठक विरूद्ध जेठ २७ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको भन्दै साइबर ब्यूरोले सार्वजनिक सूचना नै जारी गरेको हो ।

ब्यूरोले जारी गरेको सूचनामा जाहेरवालाको नाम गोप्य राखेर पाठकलाई यथाशीघ्र ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

सार्वजनिक गोपनीयता राख्नुपर्ने दायित्व भएको राज्यको निकायले अदालतबाट जारी भएको पक्राउ पुर्जीको सूचना दिनु ‘आचरण विपरीत’को काम भएको कानुनका जानकारहरू बताउँछन् ।

अधिवक्ता प्रियहरी भण्डारीले अदालतको आदेशको पालना गर्नुपर्ने प्रहरीले त्यसरी सार्वजनिक रूपमा सूचना प्रकाशन गरेर आचरण विपरीतको काम गरेको बताए । उनले भने, ‘यस्ता क्रियाकलापले अपराध नियन्त्रणमा राज्यको भूमिका कमजोर हुँदै गएको विश्लेषण गर्न सकिन्छ ।’

सोमबार उच्च अदालत पाटनले पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । न्यायाधिश ऋषि राजभण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न सरकार र निवेदक पक्षलाई असार ५ गते बोलाएको छ ।

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!