१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

संचारकर्मी दिलभूषण पाठकविरूद्ध जारी भएको साइबर ब्यूरोको पक्राउ पुर्जीबारेको सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

काठमाडौं । पाठक विरूद्ध जेठ २७ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको भन्दै साइबर ब्यूरोले सार्वजनिक सूचना नै जारी गरेको हो ।

ब्यूरोले जारी गरेको सूचनामा जाहेरवालाको नाम गोप्य राखेर पाठकलाई यथाशीघ्र ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

सार्वजनिक गोपनीयता राख्नुपर्ने दायित्व भएको राज्यको निकायले अदालतबाट जारी भएको पक्राउ पुर्जीको सूचना दिनु ‘आचरण विपरीत’को काम भएको कानुनका जानकारहरू बताउँछन् ।

अधिवक्ता प्रियहरी भण्डारीले अदालतको आदेशको पालना गर्नुपर्ने प्रहरीले त्यसरी सार्वजनिक रूपमा सूचना प्रकाशन गरेर आचरण विपरीतको काम गरेको बताए । उनले भने, ‘यस्ता क्रियाकलापले अपराध नियन्त्रणमा राज्यको भूमिका कमजोर हुँदै गएको विश्लेषण गर्न सकिन्छ ।’

सोमबार उच्च अदालत पाटनले पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । न्यायाधिश ऋषि राजभण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न सरकार र निवेदक पक्षलाई असार ५ गते बोलाएको छ ।

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!