०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

ईरानले ईजरायलमा मिसाइल प्रहार जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०४, २०८२

 

काठमाडौं । अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमवारि अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिनुभएको छ, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिनुभएको छ ।

सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकु विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए ।

इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ ।

इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ ।

‘फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर’ गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ ।

इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ ।

विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्र व्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् ।

मङ्गलबार राति आफ्ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गर्नुभयो ।

धनी प्रजातन्त्रका क्लबका नेताहरूले संयुक्त रूपमा युद्धविरामको आह्वान गरेको क्यानडामा भएको जी–७ शिखर सम्मेलनबाट हतारमा बाहिरिएपछि ट्रम्पले अमेरिकी हस्तक्षेपबारे अटकलबाजीलाई बढावा दिनुभयो ।

मङ्गलबार वासिङ्टनमा ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गर्नुभयो ।

उहाँले अमेरिकाले इरानका सर्वोच्च नेताको सजिलै हत्या गर्न सक्ने पनि घमन्ड गर्नुभयो ।

“हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुक्नुभएको छ भनेर ठ्याक्कै जान्दछौँ । उहाँ सजिलो लक्ष्य हुनुहुन्छ, तर त्यहाँ सुरक्षित हुनुहुन्छ –– हामी उहाँलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त छैनौँ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो ।

उहाँले द्वन्द्वको बारेमा छलफल गर्न आफ्नो राष्ट्रिय सुरक्षा परिषद्सँग भेट गर्नुभयो । बैठक एक घण्टा २० मिनेटपछि कुनै तत्काल सार्वजनिक बयान बिना समाप्त भयो ।

मध्यपूर्वको ‘चिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिनुभयो ।

अमेरिकी अधिकारीहरूका अनुसार उहाँले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गर्नुभएको छैन ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ । अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण […]

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

error: Content is protected !!