१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पानी पर्दा डुवानको समस्यामा हुँदै आएको घोराही बजारको अनुगमनमा मेयर नरुलाल चौधरी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेन रोडको पानीलाई निकास दिने विषयमा नगर प्रमुख नरुलाल चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख, डिभिजन इन्जिनियर दिपेन्द्र विष्ट र उपमहानगरपालिकाका शहरि विकास तथा पूर्वाधार महाशाखा प्रमुख, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेललाई फिल्डमै लिएर अध्ययन थाल्नुभएको छ । बर्षेनी समस्या आउने गरेको भन्दै स्वर्गद्धारी एफएम र मेनरोड क्षेत्रमा हुदै आएको डुवानलाई नालाबाट निकास दिन आबस्यक भौतिक संरचना र बजेटको इष्टिमेट गर्न दुबै इन्जिनियरहरुलाई नगर प्रमुखले जिम्मेवारी दिनुभएको छ । मेनरोडको पानी बुद्ध हस्पिटल हुदै गुम्राह चोकबाट कटुवाखोलामा खसाल्ने गरिको इष्टिमेट तयार पार्न जिम्मेवारी दिनुभएको छ । आगामी आर्थिक बर्षमा काम गर्ने गरि योजना तयार पार्ने नगर प्रमुख चौधरीले बताउनुभयो । सडक डिभिजनलाई यो काम गर्न नगर प्रमुखले आग्रह गर्नुभएको छ । डिभिजनले गर्ने इष्टिमेट र जवाफमा कामको भर पर्ने उहाँको भनाई छ । त्यो सम्भव नभए नगरले भए पनि काम गर्ने उल्लेख गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!