१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

कारागारमा रहेका कैदी पालिको मृत्यु प्रकरणमा छानबिन समिति गठन सईको खातामा ८५ हजार जम्मा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

 

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले कैदी मृत्यु घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाएको हो।

सिडिओ गोगन बहादुर हमालले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

२८ वर्षीय हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि चर्को माग उठेपछि छानबिन समिति गठन गरिएको हो। सो समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।

मृत्यु भएका व्यक्ति डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली हुन्। उनी बैंकिङ कसुर मुद्दामा १ असारमा पक्राउ परेका थिए। २ असारको राति उनी कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही रात मृत्यु भएको हो।

पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको शंका व्यक्त गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन्। घटनाप्रति आक्रोशित परिवारजनले बुधबार डडेल्धुरामा राजमार्गसमेत अवरुद्ध गरेका थिए।

सम्बन्धित पक्षले छानबिन प्रतिवेदनपछि मात्र आवश्यक निर्णय लिइने जनाएका छन्। तत्कालका लागि छानबिन समिति गठन भएपछि घोषणा गरिएको अनिश्चितकालीन बजार तथा यातायात बन्द फिर्ता लिइएको छ।

सो घटना जाँचका लागि सीआईबी पनि आउने सहमति भएकोले आन्दोलन फिर्ता लिइएको बताइएको छ।

पालीलाई गत फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरी कैलाली लगिएको थियो।

पक्राउपछिको दुई दिनभित्रै, असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो। मृतक पालीको शरीरभर निलडाम, घाउ छन्। मृतकका आफन्तले नियोजित रूपमा प्रहरीले यातना दिएको आरोप लगाएका छन्।

परिवार के भन्छ ?

यता मृतक पालीका आफन्त र परिवारका सदस्यले भने पालीको प्रहरीबाटै हत्या भएको आरोप लगाएका छन्। ‘प्रहरीका सई हरिजित नाथले पटकपटक फोन गरेर धम्की दिँदै आएका थिए,’ मृतकका एक आफन्तले भने, ‘डडेल्धुरा प्रहरीले पनि पक्राउ गर्दा मलाई जानकारी दिएन। त्यहाँबाट पनि निजी गाडीमा राखेर धनगढी पुगाइएको रहेछ। प्रहरीले नै कुटपिट गरेर हत्या गरेको हो।’ ती आफन्तले सई नाथकै योजनामा कुटपिट भएको आरोप लगाए।

प्रहरीका सई नाथको कनेक्सन के हो ?

कैलालीको धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक (सई) हरिजित नाथ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्। ०८० भदौ २७ गते सई नाथले पालीविरुद्व बैंकिङ कसुरमा मुद्वा दिएका थिए। ‘प्रतिवादी हरिसिंह पालीले व्यापार व्यवसायका लागि रूपैयाँको समस्या परेको भन्दै एक १ महिनामा भाखा राखेर दुई लाख रुपैयाँ सापटी मागेका थिए,’ जाहेरीमा सई नाथले उल्लेख गरेका थिए, ‘०७९ जेठ २८ गते चेक दिएका थिए। उक्त चेकको रकम जम्मा गर्न जाँदा निजको खातामा पर्याप्त रकम थिएन।’

नाथको जाहेरीपछि ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पालीलाई दुई बिगोबमोजिम (दुई लाख) जरिवाना र १० दिन कैदको फैसला भएको थियो।

फैसला कार्यान्वयनकै क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले २ गते प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए।

यता सई नाथले भने मृतक पालीका आफन्तले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। मृतक पाली कस्मेटिक व्यापारी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!