१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न प्रकोप उद्दार सम्बन्धि अनुशिक्षण तालिम समापन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दह तथा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रम सञ्चालन गरी ४८७ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण प्रदान गरिएको थियो ।

जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुको समयमा उद्धारका लागि विपद् सम्बन्धी पूर्वाभ्यास स्वरुप यस्ता अनुशिक्षण कार्यक्रमले मनसुनजन्य विपद्को समयमा उद्दारकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रकोप उद्दार प्रतिकार्यको लागी सहयोग, समन्वय र सहकार्यको लागि सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

अनुशिक्षण तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां काठमाण्डौ उपत्यका प्रहरी कार्यालय सिमित साधनका बावजुत जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यका लागि साधान-स्रोत जुटाएर विपद्को समयमा नागरिकको उद्धारका लागि प्रहरी जनशक्ति तयारी हालतमा राख्न निरन्तर प्रयास गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा विपद् उद्दारको लागी जनशक्ति तयार गर्न “तालिम पाठयक्रम” नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको समेत बताउनु भयो । जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी बिट तथा प्रहरी चौकी तत्पश्चात स्थानीय निकायलाई सम्झिने हुँदा प्रहरी र स्थानिय सरकारको सहकार्य गरेर अघि बढ्नु वर्तमान आवश्यकता रहेको औल्याउँदै सबै सरोकारबाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले उद्दारको समयमा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ सामुदायिक विपद् स्वयमसेवक (Community Disaster Volunteer Programme (CDVP)) कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा सामुदायिक विपद् स्वयमसेवकहरुलाई समेत विपद् प्रतिकार्य अनुशिक्षण प्रदान गर्ने उपत्यका प्रहरी कार्यालयको योजना रहेको बताउनु भयो ।

कार्यक्रममा , Nepal Association of Rafting Agencies का अध्यक्ष कमल बहादुर ठकुरीले मन्तव्य व्यक्त गर्दै विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । सोही अवसरमा विभिन्न उद्दारको समयमा प्रहरी परिचालन को परिस्थितिजन्य लाईभ डेमो अभ्यास समेत प्रस्तुत गरिएको थियो । साथै जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिमलाई सफल बनाउन भूमिका खेल्ने केही व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, शंखधर उधान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्का काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु, Nepal Association of Rafting Agencies का प्रशिक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!