२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जि. प्र. का. कार्यरत (सई) हरजीत नाथ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी श्रीमती जानकी साउँदले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘जाहेरी दर्ता भइसकेको छ’, डीएसपी सिंहले भने, ‘अब शव परीक्षणपछि परिवारलाई शव बुझाउने तयारी छ ।’

मृतक पाली सई नाथकै जाहेरीमा बैङ्किङ कसुरमा दोषी ठहरिएका थिए । नाथले पालीविरुद्ध २७ भदौ २०८० मा मुद्दा दर्ता गराएका थिए। कैलाली जिल्ला अदालतले २९ फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपछि डडेल्धुरा प्रहरीले पालीलाई २९ जेठमा पक्राउ गरी ३० जेठमा कैलाली प्रहरीलाई बुझाएको थियो। कैलाली प्रहरीले भने १ असारमा मात्रै उनलाई कारागार चलान गरेको थियो। कारागार चलान भएको भोलिपल्टै पालीको मृत्यु भएपछि घटना शङ्कास्पद देखिएको भन्दै आफन्तहरूले सत्य तथ्य छानबिनको माग गरेका छन्।

श्रीमती जानकी साउँदको जाहेरीमा सई नाथले पटक–पटक फोन गरेर धम्की दिएको र योजनाबद्ध रूपमा कुटपिट गरी हत्या गरिएको आरोप लगाइएको छ। “प्रहरीकै कुटपिटबाट मेरो श्रीमानको हत्या भएको हो,” उनले भनिन्।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा प्रहरी, प्रशासन, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा पीडित पक्षका प्रतिनिधिलाई समेटिएको छ।

प्रहरीका अनुसार पाली असार १ गते राति एक्कासि बिरामी भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको थियो। तर आफन्तले उनको शरीरभरि निलडाम देखिएको भन्दै कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्।

“मृतकको शरीरभरि निलडाम भएको भिडियो सार्वजनिक भएको छ,” आफन्त जगदीश रावलले भने, “बिरामीको शरीरमा निलडाम कहाँबाट आउँछ? यो हत्या हो।”

सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ र एक साताभित्र छानबिन प्रतिवेदन सार्वजनिक गरिनेछ।

‘हामीले छानबिन सुरु गरेका छौँ अहिले पहिलो चरणको र प्रारम्भिक छानबिन भइरहेको छ’ जोशीले भनिन्, ‘एक साताभित्रै घटनाको सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!