१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङको राप्ती नदीमा फसेकी एक बालिकाको ईप्रका भालुवाङ र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०:३० बजे सकुशल उद्धार गरेको हो। राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो धेरै सम्म नदीमा फसेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो।

ती बालिकालाई डुङ्गाको सहायताले प्रहरीले उद्धार गरेको हो। ती बालिका नेपाल राष्ट्रिय मावि भालुवाङ कक्षा ८ मा अध्ययनरत छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!