०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान २०८२ शुभारम्भ कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ ।
मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ गरिएको हो । जस अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका सदस्यहरु तथा यात्रुहरुको लागि बसपार्क लगायत विभिन्न १२ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरि मनसुन सम्बन्धी जानकारी दिने व्यवस्था गरिएकोमा आजै नागरिक सहायता कक्षको समेत समुद्‍घाटन गरिएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्षाको समयमा मनसुनसँगै विभिन्न प्राकृतिक विपदहरूको जोखिम विशेष गरी बाढी, पहिरो र डुबानले सडक अवरोध, सवारी दुर्घटना र जनधनको क्षति जस्ता घटनाहरू घट्ने हुदा मनसुन सम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा सुरक्षित हुने कुरामा जोड दिनुभयो । साथै मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्र पर्याप्त नहुनेहुदा सबै नागरिकको सजगता, सहभागिता र सहकार्य अपरिहार्य भएकाले सडक सुरक्षा सुनिश्चिताका लागि सबै सरोकारवाला पक्षको एक्यवद्धताको लागि अपिल समेत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवं संघ-संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरीका कर्मचारीहरु, यातायात व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!