२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सञ्चालनमा आयो देशकै पहिलो ग्वार्कोको ओभरपास प्रधानमन्त्री ओलीद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् ।

उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर जस्तै त्यसको पनि सुरुआत मैले नै गरेको हुँ । धौवादी फलाम कारखाना अगाडि बढाउँदैछौं । त्यो सम्पन्न हुने बित्तिकै नेपाललाई सयौँ वर्षलाई पुग्ने आइरन, स्टिल कारखाना स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउँछ ।’

उनले अरू खनिज कारखाना स्थापना, कृषिको आधुनिकीकरण भइरहेको भन्दै देश नयाँ चरणमा प्रवेश गरेको बताए । पहिलेको भन्दा धेरै उद्योग अहिले सञ्चालनमा रहेको बताए । ओलीले हुलाकी राजमार्गले तराईको मुहार फेरेको भन्दै त्यसले ठूलो परिवर्तन ल्याउने बताए ।

उनले अरू राजमार्गको पनि काम भइसकेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा काम गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!