०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ ०७, २०८२

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।  खुमलटारस्थित निवासमा आज बिहान प्रचण्डलाई प्रवक्ता प्रकाण्डलाई लिएर विप्लवलाई लिएर पुगेका हुन्।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेपछि पछिल्लो समयमा भेट पातलिएको छ।  हाल समाजवादी मोर्चाको संयोजक विप्लव छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएपछि मोर्चा निष्क्रिय जस्तै बनेको छ।

प्रचण्डले पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। तर, प्रचण्डलाई आगामी महाधिवेशनबाट नेतृत्व छाड्नुपर्ने दबाब उपमहासचिव जनार्दन शर्मा लगायतले पार्टीभित्रबाटै बढाइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!