१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु गाडी फरार प्रहरीले खोज्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ ०७, २०८२

 

धनुषा । सिरहाको धनगढीमाई नगरपालिका–६ का अन्दाजी ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

शुक्रबार राति ढल्केवर–जनकपुर खण्डअन्तर्गत मिथिला नगरपालिका–६ ढल्केवरमा जनकपुरतर्फ गइरहेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा महरा गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि लालगढस्थित मोडल हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरी निरीक्षक यादवले बताए।

उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। ‘ठक्कर दिने गाडीको एकिन भइसकेको छैन। शंकास्पद केही गाडीहरुलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक यादवले भने ‘आसपासका सिसीटिभीको सहायताले अनुसन्धान गरिरहेका छौं। सडकमा लाइट नभएर समस्या भएको छ।’ मृतक महरा ढल्केवरस्थित रहेको मिथिला हार्डवेयरमा काम गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!