०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचारको प्रभाव: ICP डिएसपी र इन्स्पेक्टरको घुमुवा वली र भण्डारीलाई डिआईजी कुँवरले ताने,

Logo
ABC (भन्डाफोर) प्रकाशित शनिबार, आषाढ ०७, २०८२

बाँके । नेपालगन्ज नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाहरुले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले एबिसी संचार ड्टमा प्रकाशित समाचार आएको एक घन्टा भित्र आईसिपीका सशस्त्र डिएसपी र भन्सार इन्स्पेक्टरको घुमुवाहरु जगत वली उर्फ (JK) र किरण भण्डारी हरूलाई फिर्ता बोलाएको छ ।सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरूलाई तस्करहरूसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरूप सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुमा तानिएको छ ।

घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेका र लामो समय सम्म बसेकोले उनीहरूलाई डिआईजी कार्यालयमा तानिएको स्वीकार्दै सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरूलाई कारबाही स्वरूप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक कुँवरले आफू प्रहरी नायब महानिरीक्षक भएर आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको मौखिक उजुरी आइपुगेकाले कारबाही स्वरूप उनीहरुलाई सशस्त्र प्रहरी प्रदेश मुख्यालय कपिलवस्तुमा तानिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!