१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

भारतका डीएसपीसहित ३ जना काठमाडौंबाट पक्राउ भारतीय दूतावासलाई नेपाल प्रहरीले बुझायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

काठमाडौं । भारतमा चोरी गरी नेपाल आएर लुकेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिन काठमाडौं आएका हैदराबाद प्रहरीका डीएसपीलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय दूतावासलाई बुझाएको छ ।

हैदरवाद प्रहरीका डिएसपी जसवन्तसहित तीन भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी दूतावासको जिम्मा लगाएको हो ।

नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरूलाई गत शुक्रबार काठमाडौंमै पक्राउ गरिएको हो । सूचना अनुसार उनीहरू भारतीय सुराकी टोलीका रूपमा नेपाल प्रवेश गरेर काठमाडौंमा कार्यरत नेपाली युवकलाई नियन्त्रणमा लिई भारत लैजान खोजिरहेका थिए ।

तर नेपाल प्रहरीको टोलीले उनीहरूको गतिविधि शंकास्पद देखेर कारबाही गर्दै नियन्त्रणमा लिएको थियो । हैदरावादमा केही समयअघि ३ करोड बराबरको सामान चोरीको घटनामा थुप्रै नेपाली संलग्न रहेको खुलेको थियो ।

त्यसमध्ये फरार एकजना काठमाडौँमा लुकेर बसेको भारतीय प्रहरीले पत्ता लगायो । त्यसपछि ती आरोपित व्यक्तिलाई पक्रन उनीहरु आफ्नै देशको अर्को जिल्लामा प्रवेश गरेझैँ नेपाल छिरेका हुन् । ‘उनीहरुलाई स्वयम्भूबाट नियन्त्रणमा लिएर भारतीय दूतावासमा जिम्मा लगाइएको थियो ।

यसअघि पनि फागुन महिनामा भारतीय पञ्जाब प्रहरीको टोलीलाई ठमेलबाट पक्राउ गरी त्यही प्रक्रियामा दूतावासलाई जिम्मा लगाइएको थियो । त्यतिबेला लम्जुङका डिएसपी निशान्त श्रीवास्तव कारवाहीमा परेका थिए । अहिले भने नेपाल प्रहरीले नेपालीलाई बाहिर लैजान दिएको थिएन ।

यो घटनाले छिमेकी राष्ट्रबीचको सुरक्षात्मक समन्वयमा प्रश्न उठाएको छ । विदेशी सुरक्षाकर्मीहरूको नेपाली भूमिमा पूर्वस्वीकृति बिना गतिविधि गर्नु कूटनीतिक मापदण्डविपरीत मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!