२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अमेरिकाले ईरानमाथि फेरि आक्रमण गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको बताए। यसपछि घटनाहरू द्रुत गतिमा परिवर्तन भइरहेका छन् र विश्वभरबाट प्रतिक्रिया आइरहेका छन्।

केही देशले सैन्य आक्रमणबाट नभइ कूटनीतिबाट संकट समाधान गर्न अपील गरेका छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले आक्रमण अमेरिकी बी२ बमवर्षक प्रयोग गरेर गरिएको बताए।  पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति चाहेको र कुनै पनि प्रतिशोधात्मक कारबाहीको कडा प्रतिक्रिया दिइने बताए।

इजरायली राष्ट्रपति इसाक हर्जोगले इरानमाथिको अमेरिकी आक्रमणलाई ऐतिहासिक र साहसिक निर्णयको रूपमा वर्णन गरे। उनले बीबीसीसँग भने,‘मलाई यो स्पष्ट देखिन्छ कि इरानको आणविक कार्यक्रममा उल्लेखनीय क्षति पुगेको छ।’ आक्रमणबाट इरानले कति क्षति बेहोरेको छ भन्ने बारेमा पूर्ण जानकारी अझै उपलब्ध छैन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई धोका दिएको आरोप लगाएका छन्। उनले ट्रम्पले इरानको कूटनीति प्रतिको प्रतिबद्धताको दुरुपयोग गरेर इरान र  आफ्ना मतदातालाई धोका दिएको बताए।

बेलायतले इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रबाट इजरायलमा रहेका आफ्ना नागरिक र उनीका परिवारलाई बाहिर निकाल्न विशेष उडानको तयारी गरिरहेको बताएको छ।

बेलायती विदेशमन्त्री डेभिड लामीले इरानलाई संयम अपनाउन अपील गरेका छन्। उनले यी आक्रमणमा बेलायतको कुनै संलग्नता नभएको बताए। उनले आक्रमणबारे आफूलाई पहिले नै जानकारी गराइएको पनि बताए।

यसैबीच, बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी आक्रमणको उद्देश्य इरानको आणविक कार्यक्रमबाट उत्पन्न गम्भीर खतरा लाई कम गर्नु रहेको बताए।

अमेरिकाले आफ्नो आक्रमणमा इरानको फोर्डो आणविक सुविधालाई निशाना बनाएको थियो। यो ठाउँ तेहरानबाट ६० माइल टाढा पहाडको बीचमा अवस्थित छ। यो भूमिगत सुविधामा दुई मुख्य सुरुङ र साना सुरुङको सञ्जाल छ।

अनुमान अनुसार यो केन्द्र जमिनबाट ८० देखि ९० मिटर मुनि छ। इजरायलका बंकर बस्टर बम त्यहाँ पुग्न सक्दैनन्। यो ठाउँ १३ हजार किलोको अमेरिकी बमको दायरामा आउन सक्ने विश्वास गरेको छ। यसलाई म्यासिभ अर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!