१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

चर्को घाम वर्षायामको सुरुवात सँगै देशभर (डेंगु) संक्रमणको जोखिम बढयो होशियार

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०९, २०८२

 

काठमाडौं । पछिल्लो ६ महिनाभित्र मुलुकका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ। मुलुकका सातैवटा प्रदेशमा कुल १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘आम जनसमुदाय सजग हुनुपर्ने खाँचो छ,’ डा. बुढाथोकी भन्छन्, ‘राजनीतिक दल, दलका भ्रातृ एवं भगिनी संगठन र युवा कार्यकर्ताहरू पनि सहरबजारमा सरसफाइ अभियानमा खटिन अपिल गर्दछौं।’ विगतका वर्षमा असोज/कात्तिक महिनामा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो। संक्रमणको ‘पिक सिजन’ आउन लागेकाले अन्य जिल्लामा पनि संक्रमण विस्तार हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!