०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा थापाद्वारा हार्दिक कृतज्ञता धन्यवाद ज्ञापन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०९, २०८२

दाङ । सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गर्नुहुने माननीय गृहमन्त्रीज्यू ,श्रीमान गृहसचिवज्यू तथा गृह मन्त्रालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । जिल्लाको कार्य सम्पादनको सिलसिलामा प्राप्त निर्देशन, सल्लाह, सुझाव एवं सहयोगका लागि प्रतिनिधि सभाका माननीय सदस्यज्यू ,प्रदेश सरकारका माननीय मन्त्रीज्यू ,माननीय सदस्यज्यूहरू, श्रीमान प्रमुख सचिवज्यू, समन्वय समितिका प्रमुखज्यू तथा उपप्रमुखज्यू लगायत पदाधिकारीज्यूहरू,१० वटै स्थानीयतहका प्रमुखज्यू तथा उपप्रमुखज्यू लगायतका

जनप्रतिनिधिज्यूहरू, जिल्लास्थित सम्पूर्ण राजनीतिक दल तथा भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिज्यूहरू, कार्यालय प्रमुख हरू ,कर्मचारी मिलन केन्द्र परिवार तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरू, क्याम्पस प्रमुख,स्कुलका प्रधानाध्यापक, नागरिक समाज, उद्योगी, व्यवसायीहरू, सञ्चारकर्मी मित्रहरू, गैर सरकारी निकायका पदाधिकारीहरू लगायत सम्पूर्ण सल्यानबासी महानुभावहरूमा धेरै धेरै धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु

विशेष गरी सुरक्षा निकायका प्रमुख लगायत सम्पूर्ण सुरक्षाकर्मीसाथीहरू र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र मेरा सबै सहकर्मी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!