१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

परराष्ट्रमन्त्री राणाले इरानले हर्मुज जलमार्ग बन्द गरेमा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०९, २०८२

 

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा इरान, अमेरिका र इजरायलको युद्धका बारेमा जानकारी दिँदै हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा सबैको पहल रहेको बताइन् ।

मन्त्री राणाले ८० प्रतिशत इन्धन हर्मुजबाट आउने भएकाले यसको असर भारत र चीनमा पनि पर्ने बताइन् ।

चीनले समेत हर्मुज बन्द नहोस् भन्नेमा पहल गरिरहेको भन्दै राणाले कच्चा तेलको भाउ बढ्दा नेपालमा सबै सामानको मूल्यवृद्धि हुने चिन्ता व्यक्त गरिन् ।

मन्त्री राणाले भनिन्–इराले स्टेट अफ हर्मुज बन्द गरेमा ८० प्रतिशत तेल त्यहि मार्गबाट आउने रहेछ । हामी भारतबाट प्रशोधित तेल लिनुपर्ने भएकाले त्यसको प्रभाव त पर्छ नै । यदि हर्मुज बन्द भएमा तेलको भाउ बढ्ने र सबै चिजको भाउ बढ्नेछ भन्ने चिन्ता छ । तर अहिले नै त्यो अवस्था आइसकेको छैन ।

मन्त्री राणाले यसपटक अमेरिकाले इरानमाथिको आक्रमण मध्यपूर्वमा रहेका आर्मी बेसबाट नगरी सिधै गरेका कारण यो युद्ध नफैलिने आशा रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!