१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

इरानले अमेरिकी आक्रमणको बदलास्वरुप कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

 

बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् ।

इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए ।

यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ ।

सोमबार कतारको विदेश मन्त्रालयले आफ्ना देशका नागरिक, आगन्तुकको सुरक्षालाई ख्याल गर्दै हवाई आवातजावत अस्थायीरुपमा बन्द गरिएको जनाएको छ ।

एबीसी न्यूजका अनुसार एक अमेरिकी उच्च रक्षा अधिकारीले भने, ‘यो खतरा वास्तविक हो भन्ने हामीलाई लागेमा मात्र हवाई क्षेत्र बन्द गर्छौ ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!