दाङ । भालुवाङ बर्षातको समयमा हुने बाढी, पहिरो, डुबानबाट सिर्जन हुन सक्ने समस्याहरुलाई मध्येनजर गरी ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायब निरीक्षक शेर बहादुर बुढाथोकीको कमाण्डमा ६ जना र ज्वालामाई सशस्त्र प्रहरी बल नेपालको २९ नं. गण भालुवाङ दाङबाट सशस्त्र प्रहरी नायब निरीक्षक राज कुमार घर्तीको कमाण्डमा ६ जना गरी जम्मा १२ जना प्रहरी कार्मचारीहरुको संयुक्त टोलीले राप्ती गा.पा.१ भालुवाङ पुल्चोक देखी राप्ती नदिको किनारा हुदै ऐ.वडा नं.२ को लालमटिया चोकसम्म संयुक्त रुपमा गस्ती गरिएको ईलाका प्रहरी भालुवाङ्ले जनाएको छ ।