दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता एवं दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष इश्वर बुढा लगायत होटल व्यवसायी समितिका पदाधिकारीहरु, स्थानीय होटल व्यवसायीहरु लगायतको सहभागितामा लागू औषध नियन्त्रण, होटलहरुमा हुन सक्ने अवैध क्रियाकलाप तथा विकृती नियन्त्रण, व्यवस्थित रुपमा संचालन, सेवाग्राहीको अभिलेख व्यवस्थापन, अपराध न्यूनीकरण गर्नको लागि सि.सि. टि.भि. क्यामेरा जडान, अपराधिक गतिविधि वारे सूचना आदान प्रदान लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।