बाँके । प्रहरीले तीन लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्व टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थित कृषि बिकास बैंक नजिकै रहेको एक गोदामबाट तीन लाख रुपैया पर्ने अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।
भन्सार छली गरेर ल्याएको बिभिन्न थरिका अबैध सामान गादोममा राख्ने क्रममा बरामद गरेको उनले बताए । उनका अनुसार प्रहरीले ३ सय थान कुर्ता, ५२ थान राम्रो कुर्ता, ६८ प्याकेट रातो रुमाल, ४७ पोका लेडिज ब्रा ९० थान कुर्ता बरामद गरेको छ ।
बरामद भएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
प्रहरीलाई देखेपछि गोदाममा रहेका तस्करको समुह भागेको र उनीहरुको खोजी भैरहेको उनले बताए ।