०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन किन फिर्ता लियो, ??

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपेन्द्र यादवको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिताको अभाव रहेको तथा समर्थन कायम राख्नुको औचित्य समाप्त भएको कारण समर्थन फिर्ता लिइएको बताइन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी उनले सभामुखलाई गराएकी छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद छिन् । पार्टी विभाजनपछि अन्य सांसदहरू अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!