काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् ।
रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।
रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले शनिबार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।
यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए ।
त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दु:ख दिने काम भइरहेको बताएका थिए ।
साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका थिए ।