२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गायिका एलिना चौहानले आफूविरुद्ध अभद्र कमेन्ट,म्यासेज गर्नेहरु विरुद्ध साइबर व्युरोमा उजुरी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

काठमाडौं । गायिका समीक्षा अधिकारीसँग मिलेर केही दिनदेखि सामाजिक संजालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेकी उनी साइबर व्युरोमा पुगेकी हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘चारजना विरुद्ध जाहेरी दिन लागेकी छु । अभद्र कमेन्ट गर्ने बाँकी व्यक्तिहरुलाई पनि क्रमैसँगले जाहेरी दिँदै जान्छु ।’

कानुनी प्रक्रियामा गए पनि सामाजिक संजालमा प्रोफाइल पर्दाफास गर्ने अभियान नरोकिने चौहानले बताइन् । उनका अनुसार सामाजिक संजालमा पर्दाफास अभियान पनि चलिरहने छ भने सँगसँगै कानुनी प्रक्रिया पनि अगाडि बढिरहनेछ ।

‘खराब व्यवहार गर्ने, चेतावनी दिँदा पनि नसुध्रने, उल्टै उच्किएर जे पायो त्यही लेख्दै जाने चारजना विरुद्ध जाहेरी दिएकी हुँ । बाँकी अन्य पनि कानुनी दायरामा आनेछन्,’ एलिनाले भनिन्, ‘माफी माग्नेहरुलाई मैले माफी पनि दिएकी छु । माफी माग्नेहरुलाई माफी दिएर पोस्ट डिलिट पनि गरिदिएकी छु । अब सुध्रन नचाहनेहरुलाई कानुनले सुधार्छ ।’

अनि कानुनी प्रक्रियामा नगईकन किन संजालमै पोस्ट गर्ने अभियान चलाउनुभयो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘सामाजिक संजालमा पोस्ट गरेपछि मात्रै कानुनी प्रक्रियामा जाने योजना थियो । अभियानमा धेरैले मलाई साथ दिनुभएको छ । अब प्रधानमन्त्रीले नै लेख्नुभएपछि कानुनी रुपमा पनि चाँडोभन्दा चाँडो उनीहरुलाई सजाय होला भन्ने सोचेकी छु ।’

आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै संजालमा अभियान चलाएको एलिनाले बताइन् ।

‘यो अभियानका लागि मैले १० दिनको ब्रेक लिएकी छु । यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड गरेकी छु,’ एलिनाले भनिन्, ‘कार्यक्रमहरु नै रोकेर अभियान चलाउनुपर्ने अवस्थामा मलाई पुर्याइदिए । मलाई धेरै नै तनाव दिएपछि मैले ब्रेक लिएरै यस्तो अभियान चलाउनुपर्यो मैले ।’

अब कानुनी प्रक्रिया र संजालको अभियान सँगसँगै अगाडि बढ्ने पनि एलिनाले बताइन् ।

उनले अभियान सुरु गरेपछि अन्य कलाकार, राजनीतिज्ञहरुले पनिउनलाई साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एलिना–समीक्षाको तरिफ गरेका थिए । प्रधानमन्त्रीले ‘साहसी छोरीहरु‘ भन्दै गायिकाद्धयले चलाएको अभियानको प्रशंसा गरेका हुन् ।

एलिना र समीक्षाले झैँ यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिन सट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी(प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आईडी सेयर गरेका थिए ।

जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै एलिनाले आक्रमक तवरले संजालबाटै प्रतिक्रिया दिइरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]