१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

काठमाडौं । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसाको जरिवाना समेत तोकेको हो ।

बस्नेतमाथि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसाको अवैध सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। यस मुद्दामा अदालतले उनलाई थप ३ वर्ष कैद र सो रकमको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसाको जरिवाना गर्ने फैसला गरेको हो।

त्यसैगरी राष्ट्रसेवकको हैसियतले अपराध गरेकाले १० प्रतिशत अतिरिक्त कैद थप्दै अदालतले कुल ९३ महिना १० दिन (७ वर्ष ९ महिना १० दिन) को सजाय सुनाएको छ ।

अदालतको फैसलाअनुसार बस्नेतबाट गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गरिनेछ । साथै, उनीबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा, र पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपूर्ति स्वरूप पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेश पनि दिइएको छ। यसै मुद्दामा संलग्न पद्मा मर्चेन्ट कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई समेत ८ वर्ष कैदको सजाय दिइएको छ।

कँडेल र उनी संलग्न दुई कम्पनीले बस्नेतसँग मिलेमतोमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बराबरको घूस लेनदेन गरेको ठहर गरिएको हो । तिनीहरूले संयुक्तरूपमा २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो रकम दामासाही तिरिसकेको हुनुपर्ने अदालतको ठहर छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!