रुपन्देही । भैरहवा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर बन्दोहका २६ वर्षीय प्रमोद कुमार धोबी र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका ६ का १९ वर्षीया निर्मला लोध रहेका छन् । नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोली बालिकाहरुको उद्दार गरेको हो । मानव बेचबिखन तथा ओसारपसार घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।