१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ललाई फकाई भारत लैजाँदै गरेको अबस्थामा बालिकाहरुको उद्धार ४ जना भारतीयहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १७, २०८२

रुपन्देही । भैरहवा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर बन्दोहका २६ वर्षीय प्रमोद कुमार धोबी र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका ६ का १९ वर्षीया निर्मला लोध रहेका छन् । नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोली बालिकाहरुको उद्दार गरेको हो । मानव बेचबिखन तथा ओसारपसार घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!