०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नेपाल प्रहरीका वरिष्ठ सईहरुको ४ बर्षपछी तलब बढ्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १७, २०८२

काठमाडौं । लामो संघर्षपछि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकहरूले दर्जाअनुसारको सुविधा पाउने भएका छन् । बढुवा गरिएको चार वर्षपछि वरिष्ठ सईको तलबमान स्वीकृत गरी सरकारले बजेट निकासा दिएको छ  ।

अर्थ मन्त्रालयले सोमबार बरिष्ठ सईको तलबमानका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो। मन्त्रिपरिषद्को बैठकले गत बैशाखमा नै तलबमान स्वीकृती गरेको थियो । तर, अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा वरिष्ठ सईहरुले ग्रेडअनुसार तलब पाएका थिएनन्।

यससँगै अब वरिष्ठ सईहरुले पाँच ग्रेड पाउने भएका छन्। यसअघि दुई ग्रेड मात्र पाउँदै आएका थिए। जसकारण सइको भन्दा उनीहरुको तलब कम थियो।

दर्जाअनुसारको तलब पाउनका लागि वरिष्ठ सइहरुले चार वर्ष संघर्ष गर्नुपर्यो । उनीहरुले अदालतमा समेत मुद्दा हाले। गत वर्ष साउनमै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश समेत दिएको थियो ।

करिब एक वर्षपछि सो परमादेश कार्यान्वायन भएको छ। प्रहरीमा जुनियर तहका प्रहरीमाथि राज्यले सधैं उपेक्षा गर्दै आएकोे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!