०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

महेशपुर भन्सार कार्यालयले झण्डै ५० लाख रुपैयाँ बराबरको चिनी खाल्डोमा पुरेर नष्ट गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

नवलपरासी । उपभोगका लागि अयोग्य ठहर गरिएको ६२७ क्विन्टल चिनी मंगलबार स्थानीय झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको हो ।

उक्त चिनी २०७८ साल असार महिनामा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट बरामद गरिएको थियो । तर, चार वर्षसम्म उचित व्यवस्थापन हुन नसक्दा गोदाममै कुहिएर सडेको चिनी अन्ततः नष्ट गर्नुपरेको हो ।

खाद्य आयातरनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बेलहियाले चिनीका बोराहरूमा लेबल र सिल नहुँदा उपभोग अयोग्य भएको प्रमाणित गरेपछि लिलामी प्रक्रियामा जान नपाएको भन्सारले जनाएको छ।

कानुनी रूपमा प्रयोग गर्न नमिल्ने देखिएपछि त्यसलाई नष्ट गर्नु परेकोमहेशपुर भन्सार कार्यालयका नायब सुब्बा लेखनाथ भण्डारीले जानकारी दिए।

उनका अनुसार, ५० केजीका २ हजार बोरा चिनी खाल्डोमा पुर्ने निर्णय गरिएको थियो। बजार मूल्यका आधारमा सो चिनीको मूल्य ५३ लाख २९ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। तर, भन्सार मूल्यांकनअनुसार प्रति केजी ६४ रुपैयाँ दरले कुल ४० लाख १२ हजार रुपैयाँको चिनी नष्ट गरिएको हो।

चार वर्षसम्म भन्सारका प्रमुखहरू पटक–पटक फेरिँदा पनि चिनी हटाउने जिम्मेवारी कसैले नलिँदा गोदाममै चिनी सडेर रस निस्कन थालेको थियो । त्यसले गोदामको भौतिक संरचना बिगार्नुका साथै दुर्गन्ध फैलाएर वरपरका स्थानीयबासीसमेत हैरान भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!