१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न 

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई प्रभु बैंकका तर्फबाट १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि लाईफ ज्याकेट अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै प्रभु बैंकको तर्फबाट उक्त लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।
लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने प्रभु बैंकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यबाद व्यक्त गर्दै उक्त लाईफ ज्याकेटको सुरक्षित भण्डारण तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्याकारी अधिकृत (CEO) अशोक शेरचनले मन्तव्य व्यक्त गर्दै विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., प्रभु बैंकका चिफ म्यानेजर रविन्द्र ढकाल, प्रभु बैंकका प्रशासन विभाग प्रमुख क्षितिज शेरचन लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!