०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बुधबार राष्ट्रिय सभाको बैठक सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

काठमाडौं । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ।

त्यस्तै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक, कृषि, रक्षा अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयको बजेट माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रालयको मन्त्रीले जवाफ दिनेछन्।

त्यस्तै, आजै अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू राष्ट्रियसभामा प्रस्तुत गर्नेछन्। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्ने’ कार्यसूची रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!