काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्य प्रेरणा सुदृढीकरण तथा कार्यस्थलमा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा International Corporate Trainer Mannsi Agrawal ले प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी विचार, सकारात्मक सोच, कार्यस्थलमा तनाव व्यवस्थापन, टीमवर्क, मानसिक सुदृढता, व्यक्तिगत विकास र आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहतका प्रहरी वृत्त/प्रभागहरूबाट करिब ४० जना प्रहरी कर्मचारीहरूको सहभागीता रहेको उक्त कार्यक्रमले प्रहरी कर्मचारीहरूमा सकारात्मक सोचको विकास भइ थप नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।