२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि तथा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

 

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्य प्रेरणा सुदृढीकरण तथा कार्यस्थलमा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा International Corporate Trainer Mannsi Agrawal ले प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी विचार, सकारात्मक सोच, कार्यस्थलमा तनाव व्यवस्थापन, टीमवर्क, मानसिक सुदृढता, व्यक्तिगत विकास र आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहतका प्रहरी वृत्त/प्रभागहरूबाट करिब ४० जना प्रहरी कर्मचारीहरूको सहभागीता रहेको उक्त कार्यक्रमले प्रहरी कर्मचारीहरूमा सकारात्मक सोचको विकास भइ थप नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]