०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यका तर्फबाट प्राप्त सबै सेवासुविधा त्यागेको घोषणा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १९, २०८२

काठमाडौं । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् ।

गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । भण्डारीको हकमा पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा, सुविधा भने कायम रहनेछ । प्रोटोकलअनुसार नै सुरक्षा, सुविधा भने प्रदान हुनेछ ।

पूर्वराष्ट्रप्रमुख भण्डारीलाई सरकारले एक उपसचिवसरह स्वकीय सचिव, कार्यालय सहयोगीसहित तीन कर्मचारीको सेवा, सुविधा उपलब्ध गराउँदै आएको छ । सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!