०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूकोल विरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १९, २०८२

नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूकोल विरोध

काठमाडौं । पार्किङको समस्या समाधान नभएको भन्दै व्यवसायीहरूले विरोध स्वरुप पसल बन्द गरेका हुन्। काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् ।

‘एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेपछि हामी व्यवसायीहरू नै मिलेर पसलहरू बन्द गरेका हौँ । पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरेका हौँ,’ ताम्राकार हाउसका एक व्यवसायी भन्छन् ।

उनका अनुसार न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्र पसल बन्द गरिएको छ । त्यस क्षेत्रका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भने नो पार्किङमा बाइक राखेपछि केहीबेर विवाद भएको बताउँछन् ।

‘पसल बन्द किन गरे त थाहा भएन तर नगर प्रहरीले नो पार्किङमा बाइक राखेकोलाई लक गरेपछि केही बेर विवाद भएको थियो । यसलाई हामीले सामान्य रूपमा लिएका छौँ,’ भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!