२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १९, २०८२

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो,

चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ।

‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो।

गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन गर्नुपरेको थियो।

विनयी खोलामा कल्भर्ट हालेर डाइभर्सन गरिँदै आएको भए पनि खोलामा बाढी आउनेबित्तिकै आवागमन प्रभावित हुँदै आएको थियो।

गत असार ६ गते विनयी खोलाको बाढीले यात्रुवाहक बस बगाएको थियो। उक्त बसमा सवार यात्रुको उद्धार गरिएको थियो भने बस पाँच सय मिटरसम्म खोलाले बगाएको थियो।ल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!