०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सर्लाही एसपीलाई गालीगलौज गरेका जसपाका अध्यक्ष अशोक यादव विरुद्ध पक्राउ पुर्जी जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

 

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् ।

पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने ।

यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ । अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ ।

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ ।

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!